हेटौंडाबाट निर्माण सामग्री लिएर गएको मिनी ट्रक खस्दा एकको मृत्यु

हेटौडा न्युज
१८ भाद्र २०७७, बिहीबार १३:१२
;

पाल्पा । पाल्पामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हेटौंडाबाट निर्माण सामग्री लिएर गएको मिनी ट्रक रामपुर नगरपालिका–४ सीताकुण्ड ठाँटीनजिक दुर्घटना हुँदा बागमती नगरपालिका–६, सर्लाहीका ३० वर्षीय सन्तोष गहतराजको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका १६ वर्षीय राहुल विक घाइते भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि रामपुर अस्पताल पठाइएको छ । ट्रक सडकबाट करिब डेढ सय मिटर तल खसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*