आत्महत्या गरेकी ८७ वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि
महोत्तरी । आत्महत्या गरेकी महोत्तरीकी एक वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दिबास– ३ गौरीडाँडामा बुधबार आत्महत्या गरेकी ८७ वर्षीया वृद्धामा कोरोना परीक्षण नतिजा पोजिटिभ आएको बर्दिबास नगरपालिकाका प्रमुखविदुरकुमार कार्कीले जानकारी दिएका छन् ।
मृत्युपश्चात् आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको कार्कीले बताए ।










