रातो मच्छिन्द्रनाथको रथ तान्दा युवा र प्रहरीबीच झडप
ललितपुर । निषेधाज्ञाको समयमा युवाहरुले स्वस्फूर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरमा युवा र प्रहरीबीच झडप भएको छ ।
प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध जनाएकोले झडप भएको हो ।
प्रहरीले पानीको फोहोरा हान्ने ट्यांक ल्याएपछि युवाहरुले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।
साथै प्रहरीले भिड नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास हानेको छ ।










