खोला किनारमा महिला र बालकको शव फेला
गुल्मी । गुल्मीमा बोबाङ्गमा आएको बाढी पहिरोले बगाएर ल्याएका दुई वटा शव फेला परेका छन् ।
मुसिकोट नगरपालिकाको झक्कले भन्ने स्थानमा अन्दाजी ३० देखि ३५ वर्ष उमेरकी एक महिलाको शव फेला परेको हो भने त्योभन्दा ३ किलोमिटर आगाडि चन्द्रकोट गाउँपलिका–८ तीन सिमल भन्ने खोला किनारमा अन्दाजी २ वर्षको बालकको शव फेला परेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।