हेटौंडाका थप १५ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजनय रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरीएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबैजना हेटौंडा उपमहानगरपालिकाका रहेको जनाइएको छ ।
गत भदौ १६ गते संकलन गरिएको स्वाबको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो । ८१ जनाको स्वाबको नमूना परिक्षण गर्दा आज १५ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
संक्रमित पुष्टि भएकाहरु मध्ये ८ जना पुरुष र ७ जना महिला रहेका छन् ।
संक्रमितको विवरणः
हेटौंडा– १ का १ जना (३४ वर्षीय पुरुष)
हेटौंडा– ४ का २ जना (३४ र ५९ वर्षीय पुरुष)
हेटौंडा– ५ की १ जना (२५ वर्षीया महिला)
हेटौंडा– ६ का १ जना (३८ वर्षीय पुरुष)
हेटौंडा– ८ की १ जना (३७ वर्षीया महिला)
हेटौंडा– ९ का २ जना (४० र ७७ वर्षीया महिला)
हेटौंडा– १० का ६ जना (१६, ४२, ४५ वर्षीया महिला र २२, २६, ४४ वर्षीय पुरुष)
हेटौंडा– १५ का १ जना (४६ वर्षीय पुरुष)
त्यस्तै २५ जना संक्रमितको स्वाबको पुनः परिक्षण गर्दा १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनामा पुनः पोजेटिभ देखिएको छ ।