घुस रकमसहित वडा अध्यक्ष पक्राउ
भैरहवा । २० हजार घुस रकमसहित रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडाध्यक्ष सरोजकुमार पाण्डेय पक्राउ परेका छन् ।
सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको प्रमाण फेला परेपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो ।
यस बारेमा थप अनुसन्धान र छानबिन जारी रहेको भुसालले जनाए ।