ट्राफिक प्रहरी जवानमाथि निर्भम कुटपिट
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्नेक्रममा भएको झडपमा एक ट्राफिक प्रहरी जवान कुटिएका छन् ।
ललितपुरमा कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई निर्भमरुपमा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियोमा ट्राफिक प्रहरी भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले ढुंगा र हेल्मेटले कुटपिट गरेको देखिन्छ ।
कोरोना महामारीका बेलामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको बेला रथ तान्न प्रहरीले अवरोध गर्दा झडप भएको थियो ।










