बागमती प्रदेश अन्तर्गतका अस्पताललाई १७ करोड

हेटौडा न्युज
१८ भाद्र २०७७, बिहीबार १८:०३
;

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गत रहेका अस्पताललाई १७ करोड रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा बसेको बैठकले कोरोनाको जोखिम बढदै गएकाले प्रदेश अन्तर्गतका अस्पतालहरुलाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

प्रदेश मातहतमा रहेका अस्पतालहरुलाई स्वास्थ्य सामग्री, उपकरण, तथा भबन निर्माणका लागि १७ करोड रकम निकासा गरेको हो ।

आज बसेको बैठकले काठमाडौंको टोखामा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालमा रुपान्तरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा समानुपातिक सांसद र स्थानीय तहका प्रमुख सदस्य रहने गरी कोरोना संक्रमणको व्यवस्थापन, समन्वय र अनुगमन गर्नको लागि व्यवस्था गरेको बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

त्यस्तै प्रदेश सरकारले प्रदेशका विभिन्न अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नती गर्ने भएको छ । बैठकले सम्बन्धित स्थानीय तहबाट सिफारिस भई आएका ५ अस्पतालहरुलाई स्तरोन्नती गर्ने भएको हो ।

प्रदेशले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाँउ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाण्डौ टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको सरकारका मन्त्री ढुंगलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*