सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ

काठमाडौं । सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको आरोपमा प्रहरीले मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई पक्राउ गरेको हो ।
चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया युवती माथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।