भारतमा फेरी ८३ हजारबढीमा कोरोना संक्रमित थपिए

हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार ११:४४
;

काठमाडौं । भारतमा दोश्रो दिन ८३ हजारबढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८३ हजार ३ सय ४१ जना नयाँ संक्रमित फेला परेका हुन् ।

यसैगरी यो अवधिमा १ हजार ९६ जनाको मृत्यु भएको छ ।

यो सँगै भारतको संक्रमित संख्या ३९ लाख ३६ हजार नाघेको छ । यस्तै मृतक संख्या ६८ हजार ४ सय ७२ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ देशभर कोरोनाका ८ लाख ३१ हजार बढी संक्रिय केस रहेको छन् भने हालसम्म ३० लाख ३७ हजार बढी कोरोनाबाट निको भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*