छुरा प्रहार गरी श्रीमतीको हत्या

हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार १३:०५
;

काठमाडौं । छुरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

हत्याको आरोपमा काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका–९ घर भएका ३६ वर्षीय अजय बिक पक्राउ गरेको हो ।

घरायसी विवादमा विकले आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्कालाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*