विराटनगरका कुनै अस्पतालले उपचार गर्न नमानेपछि गर्भवतीको मृत्यु

हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार १५:०६
;

विराटनगर । विराटनगरमा अस्पतालले भर्ना नगर्दा एक गर्भवतीको मृत्यु भएको छ । अस्पातालले भर्ना नलिएपछि मोरङको कानेपोखरी गाउँपालिका ५ कि २३ वर्षीय सविना थापा दर्जीको मृत्यु भएको हो । उनको पेटमा सात महिनाको गर्भ थियो ।

शौचालयमा लडेकी उनको गम्भीर भएपछि आफन्तले उपचारका लागि विराटनगर ल्याएका थिए । उपचारका लागि बुधबार रातभर विराटनगरका अस्पताल डुलाउँदा भर्ना नगरेपछि उनको मृत्यु भएको हो र

अन्तिममा बिहीबार धरान लगिएकी सबिनाको केही समयपछि मृत्यु भएको हो ।

गर्भवतीको लडेका कारण मृत्यु भएपछि शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*