रुपन्देहीमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

काठमाडौं । रुपन्देहीमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना, गौतम बुद्ध मुटु अस्पतालमा एक जना र सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु हो ।
बुटवलको कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका—८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियुमा उपचार भइरहेको थियो ।
सिद्धार्थनगर नगरपालिका—७ निवासी ६४ वर्षीया महिलाको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा रहेका एक संक्रमितको मृत्यु भएको छ । उनको मृगौलामा पनि समस्या थियो ।