हेटौंडाकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

मकवानपुर । हेटौंडाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका– ११ की ५२ वर्षीया महिलाको शुक्रवार मृत्यु भएको हो ।
उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यो संगै
यो सँगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।