थप १ हजार ३ सय ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४ हजार नाघ्यो
काठमाडौं । नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज शुक्रबार १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।
जसमध्ये पुरुष ८ सय ९५ जना र महिला ४ सय ६४ रहेका छन् ।
यो संगै कोरोना संक्रमितको संख्या अहिलेसम्म कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ
त्यस्तै पछिल्लो २४ घण्टा मा थप १३ सय ५४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ।










