निजी विद्यालयले वैकल्पिक सिकाइ वापत् शुल्क लिन पाउनुपर्छः मन्त्री पोखरेल

हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार १७:४०
;

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले वैकल्पिक सिकाइ बापतको शुल्क लिने व्यवस्था मिलाउन स्थानीय निकायलाई आग्रह गरेका छन् । शुक्रबार भएको भर्चुअल पत्रकार सम्मेलनमा प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले निजी लगानीका विद्यालयले न्युनतम सिकाइ सुनिश्चित गरेपछि शुल्क लिन पाउनुपर्ने बताएका छन् । साढे चार महिना कक्षा नभएको अवस्थामा वैकल्पिक पद्धतीलाई मुल प्रवाहमा ल्याउन आग्रह गरेको छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले कोरोना महामारीका कारण विद्यालय खोल्ने स्थिती नभएको कारण वैकल्पिक प्रणालीको शिक्षालाई शैक्षिक शत्रको रुपमा मान्यता दिई यस पक्रियामा अनिवार्य सहभागीताका लागि अभिभावक, शिक्षक र विद्यार्थी आह्वान गरेका छन् ।

उनले घरमै बसेर इन्टरनेट, रेडियो, टेलिभिजन, शिक्षकसँग टेलिफोन सम्पर्कको माध्यमबाट र सुचना प्रविधिको पहुँच नभएका शिक्षकले दुरी कायम गरी सिकाइ प्रक्रियामा अमुल्य योगदान दिनुपर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*