मकवानपुरका थप दुई जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरका थप दुइ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा –५ का एक ४८ वर्षीय पुरुष र मनहरी गाउँपालिका–८ की एक ३६ वर्षीया महिला रहेकी छन् ।
चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसीं) मा गरिएको परीक्षणमा मकवानपुरका २ सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा चितवनका २१ जना छन् भने अन्य ५ जिल्लाका ६ जना छन् ।