पर्सा । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नारायणी कोभिड अस्पतालमा उपचाररत पर्सा मेनपुरका ७५ वर्षीय वृद्धको शुक्रबार राति मृत्यु भएको हो ।
भदौं ५ गते अस्पताल भर्ना भएका उनमा निमोनिया साथै पुरानो टिबीको समस्या समेत रहेको अस्पतालले जनाएको छ ।