चिनियाँ सेनाले पाँच भारतीय नागरिकलाई अपहरण गरेको दाबी

काठमाडौं । चिनियाँ सेनाले पाँच भारतीय नागरिकलाई अपहरण गरेको काँग्रेसका सांसद निनोङ इरिङले दाबी गरेका छन् ।
माछा मार्न गएका अरुणाचल प्रदेशका पाँच भारतीयलाई चिनियाँ सेनाले अपहरण गरेकारले भारतले कडा कदम चाल्नुपर्ने इरिङले बताएका छन् ।
अप्पर सुबानसिरी जिल्ला नजिकको भारत–चीन सीमानजिक सेरा ७ भन्ने क्षेत्रबाट तनु बकर, प्रसत रिङलिङ, नागरु दिरी, दोङ्तु इबिया र तोच सिंगकाम नाम गरेका भारतीय अपहरणमा परेको इन्डिया टुडेले उल्लेख गरेको छ ।