धारिलो हतियार प्रयोग गरी दाजु बहिनीको विभत्स हत्या

हेटौडा न्युज
२० भाद्र २०७७, शनिबार १२:४२
;

काठमाडौं । खोटाङमा अज्ञात समूहद्वारा दुई जनाको विभत्स हत्या गरिएको छ । जन्तेढंगा गाउँपालिका–४ डम्बर्खु शिवालयको सामाताङका ७६ वर्षीय ईन्द्र बहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठको हत्या गरिएको हो ।

शुक्रबार साँझ विभत्स हत्या भएको अवस्थामा स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गर्नुको कारण भने खुलेको छैन ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरीको टोली पुगेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*