सामूहिक बलात्कारमा संलग्न दुई जना पक्राउ
सप्तरी । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ ।
गत भदौ १३ गते २१ वर्षीया युवतीलाई मुखियालगायत पाँचजना युवकले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि घटनामा संलग्न दुई पक्राउ गरेको हो ।
अन्य तीन जना भने फरार रहेको र उनीहरुको खोजी जारी राखेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले पक्राउ गरेका उपर थप अनुसन्धान र कारबाही अगाडी बढाइएको जनाएको छ ।