अल्का अस्पतालकी एक कर्मचारी शव फेला

हेटौडा न्युज
२० भाद्र २०७७, शनिबार १३:१३
;

काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत एक ३९ वर्षीय गीता केसीको हत्या भएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा फेला परेको हो ।

हत्यामा संलग्न भएको आशंकामा भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*