चोरी गर्नकै लागि एक महिलाले गरिन् ८ जनासँग विवाह
काठमाडौं । चोरी गर्नकै लागि एक महिलाले १० वर्षको अवधिमा ८ जनासँग विवाह गरेकी छिन् । यो घटना भारतको हो । यूपी प्रहरीले ती ‘लुटेर दुलही’लाई पक्राउ गरी उनीविरुद्ध मुद्धा दर्ता गरेको छ ।
१० वर्षको अवधिमा ८ जना वृद्धसँग विवाह गरेर गहना तथा नगद चोर्ने गरेको ती महिलालाई आरोप लागेको छ ।
यूपीको गाजियाबाद पुलिसले मुद्धा दर्ता गरेको ती महिलाको नाम मोनिका मलिक भएको बताएको भारतीय सञ्चारमाध्यमले बताएको छ ।
ती महिलाले उनको १५ लाख नगद र अन्य सामान लिएर फरार भएकी थिइन् ।
६६ वर्षीय ती पुरुषको नाम जुगल किशोर हो । उनी ती महिलाको ८ औं पति भएको एजेन्सीले बताएको छ ।










