बंगलादेशमा एसी विष्फोट हुँदा १२ जनाको मृत्यु
काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित एक मस्जिदको ‘एयर कन्डिसनर’ विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार राती प्रार्थना गरिरहेका बखत भएको सो विष्फोटमा दर्जनौँ घाइते भएको जनाएका छन् ।
उक्त विष्फोटको समयमा करिब सय भक्त मस्जिदमा रहेका बताइएको छ ।
अग्नि सेवा तथा नागरिक सुरक्षा बंगालादेशले उक्त घटनाको अनुसन्धानका लागि एक समिति गठन गरेको छ ।