प्याब्सन मकवानपुरको कार्यालयमा इस्टु मकवानपुरको ताला

हेटौडा न्युज
२० भाद्र २०७७, शनिबार १४:२९
;

मकवानपुर । नीजि तथा आवसीय विद्यालयहरुको संगठन (प्याब्सन) मकवानपुरको कार्यलयमा ताला लगाएको छ ।संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (इस्टु) मकवानपुरले प्याप्सन मकवानपुरको कार्यलयमा ताला लगाएको हो ।

प्याब्सन मकवानपुर र प्याब्सन हेटौंडा नगर समितिले २०७७ भदौ महिनादेखि शिक्षक तथा कर्मचारीको तलब भत्ता दिन नसक्ने बताएपछि इस्टु मकवानपुर आन्दोलित बनेको हो ।

प्याब्सन मकवानपुरले भदौ १३ गते शनिबार जारी गरेको विज्ञप्तिमा शिक्षकलाई तलब भत्ता दिन नसक्ने उल्लेख गरिएको छ । सो विषयविरुद्ध इस्टु मकवानपुरले आन्दोलनको सुरुवात गर्दै शनिबार तालाबन्दी गरेको हो ।

प्याब्सन मकवानपुरलाई आफ्नो निर्णय फिर्ता लिन दिएको तीन दिनको समयमा कुनैपनि कदम नचालेको इस्टु मकवानपुरको आरोप छ ।

इस्टु मकवानपुरका अनुसार आज प्याब्सन मकवानपुरमा तालाबन्दी गरेको छ भने भोली दोस्रो दिन भदौ २१ गते २०७६ साल चैत्रसम्मको तलब निकासी नगर्ने विद्यालयहरुको नामावली प्रत्येक दिन प्रकाशन गर्ने जनाएको छ ।

नामावली प्रकाशन पश्चात प्याब्सन मकवानपुरलाई सेवा सुविधा निकासीका लागि ३ दिनको समयावधि दिने र त्यसो नभए सम्बन्धित विद्यालयमा तालाबन्दी गर्ने जनाईएको छ ।

यसैगरि तेस्रो दिन कालोसुचीमा परेका विद्यालयहरुको तालाबन्दी सकिएपछि प्याब्सन अध्यक्ष तथा नगर अध्यक्षको विद्यालयमा तालाबन्दी गर्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*