बागमती प्रदेशमा २ हजारबढीले कोरोनालाई जिते
मकवानपुर । बागमती प्रदेशमा २ हजार ३ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । दुई हजारबढी संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोनाको संक्रमणका कारण बागमती प्रदेशमा ७७ जनाको मृत्यु भइसकेको छ ।
सामाजिक विकास मन्त्रालयका डा. पुरुषोत्तम सेढाईका अनुसार हिजो एकै दिन ५ सय ६ जनामा परिक्षणको क्रममा कोरोना पुष्टि भएको छ ।
हाल सम्म बागमती प्रदेशमा १० हजार ५ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।










