हेटौंडामा आज १ सय ४५ जनाको स्वाब संकलन
मकवानपुर । हेटौंडामा आज १ सय ४५ जनाको स्वाब संकलन गरिएको छ । हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्डबाट आज १ सय ४५ जनाको स्वाब संकलन गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईका अनुसार कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।
चौलागाईका अनुसार पुनः परीक्षणका लागि २४ जना उपचाररत संक्रमितहरुको स्वाब नमुना संकलन गरिएको छ ।
सकंलित स्वाब परीक्षणका लागि हेटौंडा—१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको छ ।