गण्डकी प्रदेशका प्रहरी प्रमुखमा कोरोना पुष्टि
काठमाडौँ । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालमा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा अर्यालमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार पीसीआर परीक्षणको लागि स्वाब दिएकोमा रिपोर्ट भने आज आएको हो ।
कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ ।