एकैदिन १८ सय बढीले कोरोनालाई जिते

काठमाडौं । नेपालमा आज एकैदिन १ हजार ८ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनालाई जितेर छर फर्किएका छन् ।
हालसम्म डिस्चार्ज हुने दर ६३ प्रतिशत रहेको छ ।
नेपालमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ सय ९० महिला र ६ सय ९० पुरुष रहेका छन् । यी सहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।