१६ किलो अफिमसहित तीन जना पक्राउ

हेटौडा न्युज
२१ भाद्र २०७७, आईतवार १७:३६
;

रुकुम पश्चिम । रुकुम पश्चिममा १६ किलो अफिम सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका–९ का ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको संयुक्त टोलीले आठबीसकोट नगरपालिकामा लागुऔषध कारोबार भैरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुका साथबाट १६ किलो अफिम बरामद भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*