वीर अस्पताललाई कोरोना अस्पतालका रुपमा प्रयोग गरिने

हेटौडा न्युज
२१ भाद्र २०७७, आईतवार १७:४३
;

काठमाडौं । वीर अस्पताललाई कोरोना अस्पतालका रुपमा प्रयोग गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त अस्पताललाई कोरोना अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

वीर अस्पताललाई कोरोनाको अस्पतालको रुपमा प्रयोग गर्ने र त्यहाँका नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट दिने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज बिहान बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले स्वास्थ्य सम्बन्धी अध्ययनरत विद्यार्थीलाई कोरोनाको उपचार तथा नियन्त्रणका लागि खटाउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*