स्वास्थ्य मन्त्री ढकालका परिवारमा कोरोना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
परिवारका सदस्यलाई संक्रमण भएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन् । उनी तीन दिनदेखी क्वारेन्टिनमा बसिरहेका छन् ।
प्रोटोकल अनुसार ५ दिन बसेर पिसिआर गरेपछि मात्रै बाहिर निस्कने उनले बताए ।