मकवानपुरका थप ८ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार ०८:०४
;

मकवानपुर । मकवानपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रमा गरिएको परिक्षणमा हेटौँडा उपमहानगरपालिकाका ५ पुरुष र  १ महिला, त्यसैगरी मनहरीका एक महिला र बकैयाका १ पुरुष गरी थप ८ जनामा  कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौँडा -३ का २८ वर्षीय पुरूष, हेटौँडा-५ का २८,३१र ३३ वर्षीय ३ पुरुष, हेटौँडा-८ का २६ बर्षीय एक पुरूष र ३२ वर्षीया एक महिला रहेकि छिन् ।

त्यसैगरी मनहरी-६ की ८६ वर्षीया वृद्ध महिला र बकैया-६ का ३३ वर्षीय एक पुरूष गरी मकवानपुरका ८  जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*