विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार १२:१९
;

विराटनगर । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी १० दिन घरैमा आइसोलेसन बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई गत शनिबार कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

उनीसहित कोरोना संक्रमणबाट विराटनगरमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*