काठमाडौंको बुद्धनगरमा एक व्यक्ति मृत अवस्थामा फेला

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार १२:५२
;

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बुद्धनगरस्थित न्यू मनोकामना हेयर ड्रेसरका सञ्चालक ३७ वर्षीय अशोक ठाकुर मृत अवस्थामा फेला परेका हुन् ।

सोमबार बिहान उनको शव सैलुन भित्रै फेला परेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा प्रमुख डीएसपी दक्षबहादुर बस्नेतले बताएका छन् ।

मृत्युको कारण खुल्न नसकेको र शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*