पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार १५:५९
;

पर्सा । पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी विशेष कोभिड अस्पतालको आइसियूमा उपचार वीरगञ्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा सोमबार दिउँसो भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए ।

उनका अनुसार मृतक ५४ वर्षीय पुरुष मधुमेह, उच्च रक्तचाप, दम र मिर्गौला रोगबाट ग्रसित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*