कोरोना संक्रमणबाट विश्वभर आठ लाख ८७ हजारबढीको मृत्यु

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार १६:३९
;

काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट ८ लाख ८७ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वमा दुई करोड ७२ लाख ९६ हजार ३ सय ३ जना कोरोना संक्रमित भएका छन् ।

यद्यपि, विश्वमा कोरोनाभाइरस संक्रमित एक करोड ९३ लाख ७९ हजार ४ सय ९८ व्यक्ति कोरोनामुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोनाभाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरुमध्ये ५९ हजार ९ सय ९८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोनाभाइरसबाट अन्त्यत प्रभावित १० ओटा देशहरुको डब्ल्यूएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।

अमेरिकामा ६४ लाख ६० हजार ४२१ जना कोरोनाभाइरसका संक्रमित रहेका छन् । यहाँ ३७ लाख २६ हजार ९९ जना कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख ९३ हजार २५३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४२ लाख ४ हजार ६१३ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । यहाँ ३२ लाख ५० हजार ४२९ कोरोनाभाइरसमुक्त भएका छन् भने ७१ हजार ६८७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४१ लख ३७ हजार ६०६ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । यहाँ ३३ लाख १७ हजार २२७ कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख २६ हजार ६८६ जनाको मृत्यु भएको छ ।

रुसमा १० लाख २५ हजार ५०५ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । यहाँ आठ लाख ४० हजार ९४९ कोरोनाभाइरसमुक्त भएका छन् भने १७ हजार ८२० जनाको मृत्यु भएको छ ।

पेरुमा छ लाख ८९ हजार ९७७ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख १५ हजार ४९ जना कोरोनाभाइरसमुक्त भएका छन् भने २९ हजार ८३८ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा छ लाख ६६ हजार ५२१ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ चार लाख १८ हजार २२९ कोरोनाभाइरसमुक्त भएका छन् भने २१ हजार ४१२ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा छ लाख ३८ हजार ५१७ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख ६३ हजार ८९१ कोरोनाभाइरसमुक्त भएका छन् भने १४ हजार ८८९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा छ लाख ३४ हजार २३ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ४२ हजार २६८ कोरोनाभाइरसमुक्त भएका छन् भने ६७ हजार ५५८ जनाको मृत्यु भएको छ ।

स्पेनमा पाँच लाख १७ हजार १३३ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिनामा चार लाख ७८ हजार ७९२ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ तीन लाख ३९ हजार १३२ कोरोनाभाइरसमुक्त भएका छन् भने नौ हजार ८५९ जनाको मृत्यु भएको छ । राससरएएफ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*