एकैदिन ६३ जना नेपाली सेनामा कोरोना पुष्टि

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार १७:२६
;

धनगढी । कैलालीमा एकैदिन ६३ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको परिक्षणमा ६३ जनामा कोरोना पुष्टि भएको हो ।

ती सैनिकहरु लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरुंगेमा कार्यरत रहेको जनाइएको छ ।

शिक्षालयमा कार्यरत चार सेनामा संक्रमण देखिएपछि त्यहाँ रहेका २ सय ४५ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ६३ जनामा कोरोना देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*