जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार १७:३४
;

तनहुँ । तनहुँ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेका छन् ।

ऋषिङ गाउँपालिका–१ देउलीखोलामा दुर्घटना हुदाँ जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनका अनुसार जीपमा सवार अन्य छ जना घाइतेमध्ये चार जनाको पोखरामा र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*