पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु

पर्सा । थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको महागढीमाइ नगरपालिका– १० गन्जभवानीपुरका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
मधुमेह र मुटुको समस्या रहेका ती पुरुषको सोमबार राती मृत्यु भएको हो । उनी भदौ १४ गतेदेखि कोभिड अस्पतालमा भर्ना भएर उपचाररत अवस्थामा रहेका थिए ।
यो संगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।