कोरोनाको नसकिदैँ अर्को महामारीको लागि तयार रहन डब्लुएचओको चेतावनी

काठमाडौं । विश्वभरमा कोरोनाभाइरसको महामारी रहिरहदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संसार अर्को महामारीको लागि तयार रहनुपर्ने चेतावनी दिएको छ । सोमबार डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसस संसारले अर्को महामारीको लागि राम्रोसँग तयार रहनुपर्ने बताएका छन् ।
उनले विश्वका सबै मुलुकहरुले सार्वजनिक स्वास्थ्यमा लगानी गर्न आह्वान पनि गरेका छन् । त्यसैगरी, संसारमा अब अर्को महामारी आउँछ त्यसको लागि विश्वले अहिलेको तुलनामा भन्दा थप सचेत र तयारी अवस्थामा रहनुपर्ने उनले बताए ।