हेटौंडाका थप १४ जना कोरोना संक्रमण पुष्टि
मकवानपुर । हेटौंडाका थप १४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईका अनुसार संक्रमितहरु मध्ये ७ जना महिला र ७ जना पुरुष रहेका छन् ।
भदौ २१ गते १ सय ३८ स्वाब संकलन गरि परिक्षण गरिएको १४ जनामा कोरोना देखिएको हो ।