बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु
बाँके । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीको सितगंगा नगरपालिका– १२ निवासी ४२ वर्षीय पुरूषको मंगलबार बिहान मृत्यु भएको हो ।
बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार गम्भीर खाले निमोनियाको कारण उनको मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको श्रेष्ठले बताए ।










