स्वास्थ्यकर्मी र कामदारसहित थप ५९ जनामा कोरोना पुष्टि

स्याङ्जा । पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित थप ५९ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको पोखरामा सबैभन्दा धेरै सङ्क्रमित थपिएका छन् ।
सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका कामदारमात्र २४ जना छन् ।
त्यस्तै पोखराको पार्कल्यान्ड अस्पतालका एक जना चिकित्सक र गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामीमा पनि सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।