नागरिकता मुद्धामा हेटौंडाका उद्योगी विके बोस पक्राउ
मकवानपुर । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको मुद्धामा हेटौंडाका उद्योगी ५९ वर्षीय विप्लपकान्ती (विके) बोस पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरि नेपाली नागरिकता लिएको उनलाई हेटौंडा–५ गर्दोईबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत रौतहटको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनलाई रौतहट पठाउने तयारी भईरहेको छ ।
उनी सुपर लेमिकोट्स प्रालि र गर्दोइमा रहेको नारायणी मिल्कका संचालक समेत रहेका छन् ।










