लद्दाखमा चीन सैनिकले फेरि गोली चलाएको आरोप

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार १४:५०
;

काठमाडौं । आणविक शक्ति राष्ट्रहरू चीन र भारतबीच लद्दाखको प्यान्गोंग त्सो ताल क्षेत्रमा फेरी तनाव भएको छ ।

सोमबार राति त्यहाँ गोली चलेको दुबै देशका अधिकारीहरूले बताएका छन् तर गोली कसले हानेको हो भन्नेमा चाहिँ नयाँदिल्ली र बेइजिङबीच आरोपं/प्रत्यारोप छ ।

भारत र चीनबीच झन्डै चार हजार किलोमिटर हिमाली क्षेत्रमा सीमा टुंग्याउन बाँकी छ ।
विवादले जतिसुकै बेला उग्र र हिंसात्मक रूप लिन सक्ने ठानेर सीमामा प्याट्रोलिङ गर्दा दुबै देशका सैनिकले हतियार प्रयोग गर्दैनन् । आमनेसामने भइहाले पनि धकेलाधकेल र मुक्का हानाहान हुने गर्छ ।

भारतीय सेनाले मंगलबार एक विज्ञप्ति जारी गर्दै सोमबार राति चिनियाँ जनमुक्ति सेनाका सैनिकहरूले अहिलेको एक्चुअल लाइन अफ कन्ट्रोल पार गरेको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*