दुई सहकर्मीलाई धम्क्याएर बरम्बार यौन शोषण, लेखाअधिकृत पक्राउ
पोखरा । अस्पतालका दुई महिला सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा एक अस्पतालका लेखा अधिकृत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदी रहेका छन् । अधिकृत सुवेदीलाई करणीसम्बन्धी कसुरमा मुद्दा परेपछि गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पीडितले अस्पतालकै एक महिला कर्मचारीले मजदूर युनियनमा निवेदन दिइएको बताइएको छ । ती पीडित कर्मचारीको उजुरी परेसँगै सुवेदीलाई अस्पताल प्रशासनले भादौ १ं९ गते निलम्बन गरेको थियो ।










