साढे पाँच लाख चोरीको आरोपमा दाजु बहिनीसहित चार जना पक्राउ

सप्तरी । सप्तरीमा चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी गरिएको नगद तथा विभिन्न सामानसहित राजविराज नगरपालिका ६ बस्ने सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योति मण्डल- ४ का समीम अन्सारी र रुपनी गाउँपालिका ४ बस्ने लाल महम्दलाई पक्राउ गरेको हो ।
यी चार जनामध्ये सनिया चोरी गर्ने, उनकी बहिनीले चोरिएका सामान र नगद लुकाउने, समीमले नगद र सामान राखिएको ठाउँमा पहरा दिने र अन्सारीले सनिया चोरी गर्न लाग्दा बाहिर बसी पहरा दिने काम गरेको प्रहरीले जनाएको छ ।
राजविराज ७ स्थित गणेश स्टोर किराना पसलबाट १ लाख ५० हजार रुपैयाँको रिजार्च कार्ड र करिब ४ लाख रुपैयाँ चोरी भएको थियो ।
उनीहरुको साथबाट भारतीय रुपैयाँ १ लाख ३४ हजार ५०, नेपाली रुपैयाँ १ लाख ४४ हजार ८ सय १५ र रु ५० हजार ५० बराबरको रिचार्ज कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।