युट्युब च्यानलमार्फत अफवाह फैलाएको आरोपमा एक जना पक्राउ

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार १६:११
;

काठमाडौं । युट्युब च्यानलमार्फत् अफवाह फैलाउने एक व्यक्ति पक्राउ परेका छन् । सार्वजनिक शान्ति भंग गरेको आरोपमा अन्तिम विकल्प प्रा.लि.का संचालक सुबास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बू तेह्रथुम घर भई ललितपुर बस्दै आएका छन् । युट्युब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु (किडनी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ भन्ने जस्ता उत्तेजना फैलाउने, आम–सर्वसाधारणलाई दिगभ्रमित गराउने सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ ।

लिम्बुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*