कोरोना संक्रमितको संख्या ४८ हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार आज थप ९ सय २ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको हो ।
देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
हाल सक्रिय संक्रमित १४ हजार आठ सय ६८ जना छन् । संक्रमितमध्ये आठ हजार ५३ जना संस्थागत र ६ हजार आठ सय १५ जना होम आइसोलेसनमा छन् ।
कडा लक्षण भएका एक सय ४४ जनाको आइसियू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।